काठमाडौं उपत्यकामा ५१२ कोरोना संक्रमित थपिए

काठमाडौं : काठमाडौं उपत्यकामा ५१२ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंमा ४४० , ललितपुरमा २९ र भक्तपुरमा ४३ जनालाई कोरोना संक्रमण देखिएको हो।

उपत्यकामा कोराना संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ। काठमाडौंमा १० हजार २६, ललितपुरमा १ हजार १ सय ९० र भक्तपुरमा १ हजार ३१ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ७० नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ। पछिल्लो २४ घण्टा ८ सय ७९ जना डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ जना पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ छ।
१० हजार ८७८ सय जनाको आज पिसिआर परीक्षण भएको छ।


प्रकाशित | २९ भाद्र २०७७, सोमबार १८:१३