नयाँ वर्षको अवसरमा ‘सांगीतिक साँझ’ कार्यक्रम आयोजना गर्दै एनआरएनए आयरल्याण्ड

डब्लिन: गैर आवासीय नेपाली संघ आयरल्याण्डको आयोजनामा नयाँ वर्षको अवसरमा ‘शुभकामना सांगीतिक साँझ’ कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रम यहि अप्रिल १२ तारिख मंगलवार साझ ५ बजे देखि ११:३० सम्म टिर्चस हल डब्लिनमा आयोजना गरिन लागिएको हो ।

एनआएनए आयरल्याण्डका अध्यक्ष विनोद कार्कीका अनुसार नेपाली नयाँ बर्ष २०७९ को पावन अवसरमा ‘शुभकामना सांगीतिक साँझ’ आयोजना गरिन लागिएको हो । अध्यक्ष कार्कीले कार्यक्रममा सहभागिताको लागि सबैमा आह्वान पनि गर्नु भएको छ ।

‘यो हामी सबै नेपालीको राष्ट्रिय चाडपर्व हो र हजुर हामी सबै मिलेर हाम्रा भावी सन्ततीहरुलाई नेपाली संस्कृतिसँग जोडने पहल गरौं। मिठो नेपाली खानाको साथै ज्ञानसिंह पुन र उहाँको समुहको सुमधुर सांगितिक माहोलको भरपुर मनोरन्जन लिऔं’, अध्यक्ष कार्कीले आह्वान गर्दै भन्नु भएको छ ।  


प्रकाशित | २७ चैत्र २०७८, आईतवार १६:५५