संसदीय चुनाव आगामी कात्तिक २७ वा मंसिर ४ मा गर्न प्रस्ताव

काठमाडौ । सत्तारुढ पाँच दलीय गठबन्धनले संसदीय निर्वाचन आगामी कात्तिक २७ वा मंसिर ४ मा गर्न प्रस्ताव गरेका छन् । स्थानीय तह निर्वाचनको समीक्षा गर्न सोमबार बसेको शीर्ष नेताहरुको बैठकमा संसदीय निर्वाचन मितिका विषयमा छलफल शुरु गरेको हुन् ।

बैठकमा संसदीय निर्वाचनका लागि आगामी कात्तिक २७ वा मंसिर ४ को मितिबारे पनि छलफल गरिएको एक नेताले जानकारी गराए ।

यसअघि २०७४ मंसिरमा संसदीय निर्वाचन सम्पन्न भएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले मंसिर १० र २१ गते दुई चरणमा संसदीय निर्वाचन गरेको थियो। प्रदेशसभाको चुनाव पनि सँगै भएको थियो ।


प्रकाशित | १८ जेष्ठ २०७९, बुधबार १८:१६