वीरगञ्जमा ९ जना कोरोना संक्रमीत निको भए, नेपालमा निको हुनेको संख्या ७९ पुग्यो

काठमाडौं : वीरगञ्जस्थित नारायणी अस्तपालतमा कोरोना भाइरसको संक्रमणपछि उपचाररत ९ जना निको भएर डिस्चार्ज भएका छन्। शनिबार दिउँसो संक्रमण मुक्त भएपछि ९ जनालाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायका अनुसार दुई पटकको पिसिआर परीक्षणमा नेगेटिभ आएपछि ९ जनालाई डिस्चार्ज गरिएको हो । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७९ पुगेको छ। हिजो बाँकेका २१ जना एकैपटक संक्रमणमुक्त भएर घर फर्किएका थिए।


प्रकाशित | १० जेष्ठ २०७७, शनिबार १९:०३