तस्विरमा ‘नेपाल आइडल सिजन – २’ का विजेता टिमको पहिलो जापान टूर

काठमाडौं – नेपाल आइडल सिजन – २ का विजेता टिमको पहिलो टूर जापानबाट शूरु भयो । अग्रेजी नयाँ वर्षको शूरुवातमा भएको यो टूर नेपाल आइडल सिजन २ का विजेताको पहिलो बन्न पुग्यो । जापान भ्रमणमा नेपाल आइडल विजेता रवि ओडसहित ‘टप फाइभ’ भित्र पुग्न सफल प्रतिस्पर्धी जानुभएको छ ।

वर्ल्ड टुर अन्तर्गत यात्रा सुरु गर्नुभएको टूरमा नेपाल आइडल सञ्चालीका रिमा विश्वकर्मासहित सुमित पाठक, अस्मिता अधिकारी, अमित बराल, विक्रम बराल सहभागि हुनुहुन्थ्यो । जपानमा रबीको प्रस्तुतीमा हजारौँ दर्शकहरुको सहभागिता रह्रयो भने टिमले दमदार प्रस्तुति गर्न सफल भयो ।

 उहाँले भन्नुभएको छ, ‘कार्यक्रम आयोजकलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्नु चाहन्छु । साथसाथै नेपाल आईडललाई पनि हृदयदेखि सम्झिन चाहन्छु । जापानको बिभिन्न सहरमा भव्यताका साथ कार्यक्रममा सम्मपन्न गराइदिन आफ्नो अमुल्य समय दिई उपस्थित भैदिनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा धेरै धेरै धन्यवाद । हजुरहरुको यति धेरै माया, साथ र सपोट पाउँदा एकदमै खुसी लाग्यो ।’


प्रकाशित | १० चैत्र २०७५, आईतवार १६:१६