विज्ञापन बोर्डमा ५ सञ्चारकर्मी नियुक्त

काठमाडौं – सञ्चार क्षेत्रमा प्रभावशाली भूमिकासहितको विज्ञापन बोर्डमा सोमबार ५ सञ्चारकर्मी नियुक्त भएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राजधानी दैनिक प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचनसहितलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो ।

शेरचनसहित पत्रकारहरु शुभशंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र बन्दना दनुवार बोर्डको सदस्य भएका छन् ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा उहाँहरु सबैलाई नियुक्तिपत्र प्रदान गर्दै सफलताका साथ काम गर्न शुभकामना समेत दिनुभएको थियो ।


प्रकाशित | १५ मंसिर २०७७, सोमबार १४:५४