चाँगुनारायण वडा नं. १ मा कांग्रेसका कार्की विजयी

भक्तपुर: चाँगुनारायण नगरपालिकामा कांग्रेसले विजयी शुरुवात गरेको छ । वडा नं. १ मा कांग्रेसको तर्फबाट वडाध्यक्षमा सिजन कार्कीले १२ सय २५ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । त्यस्तै, उहाँको निकटम पतिस्पर्धी एमालेका इश्वर थापाले १२ सय १३ मत पाउनु भयो ।

वडा सदस्यमा नेपाली कांग्रेसबाट महिलातर्फ मुना गुरुङ ११ सय ७२ मत प्राप्त गर्दै विजयी हुनु भयो । दलिलमा पनि कांग्रेसबाटै पुजा बर्देवा ११ सय ९७ मत प्राप्त गर्दै विजयी हुनु भयो । खुल्ला सदस्यमा गोविन्द श्रेष्ठ ११ सय १९ मत र श्रीकृष्ण श्रेष्ठ १ हजार ४१ मतसहित विजयी हुनु भयो । वडामा कांग्रेसको प्यानल नै विजयी भएको हो ।


प्रकाशित | १ जेष्ठ २०७९, आईतवार १०:३२