बाँकेमा बस दुर्घटना, ११ को मृत्यु, २२ घाइते

बाँके: बाँकेमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । गए राती १२ वजे भारतबाट नेपाल प्रवेश गरेकालाई लिएर नेपालगन्जबाट सल्यान जादै गरेको ना ५ छ ५९९५ को फोर्स गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु र २२ जना घाइते भएका हुन ।

बाँकेका प्रमुख जिल्ला अघिकारी रामबहादुर कुरूम्ह्वाडका अनुसार भारतबाट फर्केका यात्रुलाई लिएर नेपालगन्जबाट दाङ तर्फ गइरहेको गाडी बाँकेको अगैयामा दुर्घटना भएको हो । सवारी चालक समेत गरी कुल ३३ यात्रु मध्ये ११ को मृत्यु भएको र मृतक १० पुरुष एक महिला रहनु भएको तथा घाइते २१ पुरुष र १ महिला गरी २२ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्ये चार जना गम्भीर छन् । सो बस बिग्रिएर सडकमा रोकी राखेको ट्रकमा ठोकिदा सो दुर्घटना भएको थियो । दुर्घटनाका घाइते र मृतकको परिचय खुल्न बाँकी छ ।


प्रकाशित | १९ जेष्ठ २०७७, सोमबार ०७:४९