काठमाडौं महानगरपालिकामा बालेनको अग्रता कायमै

काठमाडौं । काठमाडौं महागरपालिकामा अहिलेसम्म बालेन साहले अग्रता कायम राख्नु भएको छ । अहिलेसम्म ९०४ मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार साहले अग्रता कायमै राख्नु भएको हो ।

पछिल्लो अपडेटअनुसार बालेनको मत ३५३ पुगेको छ । एमालेका केशव स्थापितले २८१, काँग्रेसको सिर्जना श्रेष्ठले २३७ मत पाउनु भएको छ । राप्रपाका मदनदास श्रेष्ठले १६ मत पाउनु भएको छ ।

उपमेयरमा एमालेकी सुनिता डंगोलले २०९ मतका साथ अग्रता लिनु भएको छ । उपमेयरमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ४६ मत ल्याउँदा राप्रपाकी बिनिता मगैयाले २८ मत पाउनु भएको छ ।


प्रकाशित | ३१ बैशाख २०७९, शनिबार १८:१९