विघटन भएको संसद बौरिँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव हुने दाबी गर्नु भएको छ । विघटन गरेको प्रतिनिधि सभा पुर्नस्थापना नहुने उहाले बताउनु भएको हो । उहाँले सरकारका राम्रा कामको पार्टीभित्रकै नेताहरूले ढाकछोप गरेको पनि उल्लेख गर्नु भयो ।

आइतबार अनेरास्ववियू (ओली समुह ) ले राजधानीको कार्की ब्याङ्वेटमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले कुनै हालतमा संसद पुनर्स्थापना नहुने कतीपय ब्यक्ती तथा शक्तिले चुनाव हुँदैन कि भनेर भ्रम फिजाउन खोजेको पनि बताउनुभयो । उहाँले त्यस्ता भ्रममा नपर्न आग्रह गर्दै चुनाव वैशाख १७ र २७ गते हुने स्पष्ट पार्नुभयो ।


प्रकाशित | १९ पुष २०७७, आईतवार १६:२९