प्रधानमन्त्री ओलीले कुनै पनि मन्त्री नहटाउने, अधिकांश पुरानै दोहोर्‍याउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मन्त्री नहटाउने तयारी गर्नु भएको छ । प्रधानमन्त्री ओली नेतृत्व सरकारमा सामेल कुनै पनि मन्त्री नहटाउने तयारी थाल्नु भएको हो । प्रधानमन्त्रीले केहि बेरमा शपथ लिदै हुनुहुन्छ । त्यसपछि मन्त्रीहरुको शपथ हुनेछ ।

तत्काल जसपा सरकारमा सामेलन नहुने र माधव नेपाल पक्षसँग पनि यस विषयमा टुंगो लाइनसकेको हुनाले हाललाई पुरानै दोहोर्याउने र फेरि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गर्नु भएको बालुवाटार स्रोतले जानकारी गरायो ।

स्रोतका अनुसार माओवादीबाट एमाले प्रवेश गरेका सबै मन्त्रीहरुलाई यथावत राखिनेछ । माओवादीबाट मन्त्री बनेका तर सांसद नभएकाहरुको १० असारमा स्वतः पदमुक्त हुने भएकाले तत्काल नहटाइने भएको हो ।


प्रकाशित | ३१ बैशाख २०७८, शुक्रबार १४:०९