झुठो आरोप र अनावश्यक लाञ्जना लगाएको भन्दै बासुदेव थापाको कडा आपत्ति, भ्रममा नपर्न अपिल

भक्तपुर । सूर्यविनायक नगरपालिकामा मेयरका उम्मेदवार बासुदेव थापाले आफूमाथि अनावश्यक लाञ्जना लगाइएको भन्दै कडा आपत्ति जनाउनु भएको छ । आफूलाई लगाइएको झुठो आरोपबारे खण्डन गर्दै मेयरका उम्मेदवार थापाले नगरबासीलाई अनावश्यक आरोप र लाञ्जनाको कडा रुपमा प्रतिवादन गर्न पनि आह्रवान गर्नु भयो ।

मेयरले प्लानीङमा जग्गा किन्यो रे भन्दै भ्रम फैलाइएको भन्दै थापाले कडा शब्दमा निन्दा गर्नु भयो । नेकपा एमाले सुनपा ५ मा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले भन्नु भयो, ‘म जोगी होइन, मेरो पुस्ताको सम्पत्ति मात्र पचासौ रोपनी छ, मैले पाँच वर्षमा पाएको तलब भक्ता समेत लिएको छैन, २७ लाख ५१ हजार तलब भक्ता सामाजीक कार्यमा लगाइसकेको छु, ठूला कुरा गर्ने ? जनताले यस्ता हावादारी कुरा प्रत्याउने वाला छैनन ।’

अफवाह र झुठो आरोपको प्रतिवादन गर्दै आफ्नो टिममा बसेर कसैले गल्ती, भष्टाचार गरेको पाइएमा त्यसको जिम्मेवारी लिदै आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको उहाँले स्पष्ट पार्नु भयो ।

२०७४ सालमा निर्वाचीत भएपछि १५ अर्बको बजेट ल्याई आमूल परिवर्तन गरेको बताउँदै अघिल्लो कार्यकालमा घोषणापत्रमा भनेभन्दा तीन गुणा बढी काम भएको उल्लेख गर्नु भयो ।

आफ्नो टिमले इमानदारीपूर्वक र अनुसासीत भएर काम गरेकाले जित्नेमा ढुक्क रहेको उहाँले बताउनु भयो । सूर्यविनायक नगरपालिकामा अब तीन चौथाईले जित्ने उहाँको भनाई छ ।


प्रकाशित | २७ बैशाख २०७९, मंगलवार ११:३१