जनसम्पर्क समिति जर्मनीको सभापतिमा सुरेन्द्र प्रधानको उम्मेदवारी घोषणा

ह्यामवर्ग – नेपाली जनसम्पर्क समिति जर्मनीको सभापतिमा समाजसेवी तथा ब्यवसायी सुरेन्द्र प्रधानले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । सामाजीक कार्यमा सक्रिय प्रधानले जनसम्पर्क समिति जर्मनीको आगामी कार्यकालको लागि सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

नेपालको तनहु बन्दीपुरमा जन्मिनु भएको प्रधान जर्मनीको ह्यामवर्गमा २४ वर्षदेखि बस्दै आउनु भएको छ । २०५६ सालमा कांग्रेसको क्रियाशील सदस्य बन्नु भएको प्रधान जनसम्पर्क समिति जर्मनीको संस्थापकमध्येको एक हुनुहुन्छ ।

यसअघि जनसम्पर्क समितिको उपाध्यक्षको जिम्मेवारी पनि समालीसक्नु भएको प्रधान कांग्रेसको ११ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको संस्थापक सदस्य रहनु भएको प्रधान सन् (२०१५- २०१७) मा आइसिसी सदस्य हुनुहुन्थ्यो । हाल जर्मनी नेपाली मिलन केन्द्रको अध्यक्ष रहनु भएको प्रधान जर्मनीको नेपाली समाजमा लोकप्रिय हुनुहुुन्छ ।


प्रकाशित | १२ भाद्र २०७८, शनिबार २३:२१