काठमाडौंसहित चितवन, सर्लाही, रुपन्देही, कपिलबस्तु र बाराका थप ३२ जनामा संक्रमण पुष्टि

काठमाडौं : काठमाडौंसहित चितवन, सर्लाही, रुपन्देही, कपिलबस्तु र बारामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो परीक्षणको क्रममा पाँच जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी गराउनुभयो ।

No photo description available.

यो सहित नेपालमा संक्रमीतको कुल संख्या ५४८ पुगेको सहप्रवक्ता अधिकारीले बताउनुभयो ।


प्रकाशित | १० जेष्ठ २०७७, शनिबार ०८:५८