कुँवर नेतृत्वको एनआरएनएद्धारा बालुवाटारमा छुट्टै कार्यालय संचालन

काठमाडौं: विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघले बालुवाटारमा छुट्टै कार्यालय संचालनमा ल्याएको छ । काठमण्डौको बालुवाटारमा सोमबार प्रवेश पूजा गरी उदघाटन गरेसँगै कार्यालय संचालमा ल्याइएको हो ।

मे १ देखि नै केहि कर्मचारी सहित काठमाण्डौको मुख्य ठाउँमा पर्ने बालुवाटार क्षेत्रमा कार्यालय भवन उद्घाटन सुरु गरिएको जनाइएको छ।

This image has an empty alt attribute; its file name is 279225007_10166444203260626_5999654459965124717_n-1024x768.jpg

भवन प्रवेश बिशेष समारोहमा संघका पूर्व अध्यक्ष तथा निवर्तमान प्रमुख संरक्षक डा शेष घले, संघको अन्तराष्ट्रिय उपाध्यक्षहरु भोमा लिम्बु, उमेश पुडासैनी, महासचिव जानकी गुरुङ, पूर्व आइसिसि सदस्य तथा पूर्व सल्लाहकार जमुना गुरुङ घलेको उपस्थिति रहेको थियो।

त्यसैगरी, सल्लाहकार श्याम तामाङ, डमर घले, छोङ्गकर्मा शेर्पा, राजेश शम्शेर राणा, एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहा मगरको पनि उपस्थित रहेको थियो।

This image has an empty alt attribute; its file name is 279203028_10166444203060626_2076648734218067824_n-1024x768.jpg

भर्चुअल रुपमा भने संघका अध्यक्ष बिनोद कुँवर, उपाध्यक्ष बाबुराम लामा र सुरेन्द्र सिग्देल, सचिव कृष्ण के सी, कोषाध्यक्ष डिला खरेल, प्रवक्ता प्रकाश धमला, सल्लाहकार एसी शेर्पा, पुरु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

अध्यक्ष कुँवरले एनआरएनएको बालुवाटारमा रहेको सचिवालयमा कार्यालय संचालनको लागि माग गर्दा कार्यालय नदिएकाले छुट्टै कार्यालय खोल्नुपरेको बताउनु भयो ।


प्रकाशित | २० बैशाख २०७९, मंगलवार १३:००