राष्ट्रिय सभाको अधिवेशन सुरु

काठमाडौँ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभाको बैठक शुक्रबार बसेको हो ।
बैठकको सुरुमै राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र र मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेर सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउनु भएको छ । बैठकमा दलीय प्रतिनिधित्वका आधारमा अहिले दलका नेताहरुले सम्बोधन गरिरहेका छन् ।
शुक्रबारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १२ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नु भएको थियो । पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । यसअघिको संसद् अधिवेशन असार तेस्रो साता अन्त्य भएको थियो ।


प्रकाशित | १७ पुष २०७७, शुक्रबार १७:१३