पाल्पा दुर्घटना अपडेट: जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँचको मृत्यु

पाल्पा: पाल्पामा जन्ती बोकेको जिप दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ। लु१ज१९४१ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार ५ जनाको मृत्यु भएको पाल्पाका एसपी विश्वमणी पोखरेलले जानकारी दिनुभयो ।  एसपी पोखरेलका अनुसार निस्दी गाउँपालिका सात हुवासबाट भिरपानी तर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो। जिपमा ६ जना सवार रहेको र एक जनाले हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ। प्रहरी टोली घटना स्थलमा रहेकाले थप विवरण आउँन बाँकि रहेको छ ।


प्रकाशित | १६ बैशाख २०७६, सोमबार १८:४४