नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंह नियुक्त

काठमाडौं : सरकारले धिरज प्रताप सिंहलाई २९ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

नेपाल प्रहरीका वर्तमान महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबार मध्यरातबाट अवकाशमा जाने भएपछि नयाँ प्रहरी प्रमुख नियुक्त गरिएको हो । थापा २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त हुनु भएको थियो ।

नेपाल प्रहरीको कमाण्ड समाल्न सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रबिन्द्रबहादुर धानुक आईजीपीमा प्रतिस्पर्धामा हुनुुहुन्थ्यो ।


प्रकाशित | १८ बैशाख २०७९, आईतवार १४:०९