मेरो मनको अन्तस्करणमा छचल्किएको मेरो देश

हेमराज भट्ट

अमेरिकाको क्यालिफोर्निया राज्यको लस एञ्जलस अन्तराष्ट्रिय बिमान स्थलबाट कतार एअरको नियमित उडानद्धारा दोहा हुदै दोहाबाट हामी नेपालीहरुको पहिचान र राष्ट्रिय गौरव झल्काउने नेपाल एअरलाईन्सको राष्ट्रिय ध्वजाबाहक जेट बिमानमा चढी भर्खरै मात्र निर्माण कार्य सम्पन्न भई संचालनमा आएको बारा जिल्लाको निजगढ अन्तराष्ट्रिय बिमान स्थलसम्मको मेरो हवाई यात्रा तय भयो। हवाई यात्रा निकै लामो भएकाले मेरो मनमा नेपाल सम्बन्धी अनेकौं किशिमको तर्कहरुले भरिएको तरङ्गहरु सामुन्द्रिक छालसरी उर्लिएर आयो। सोच्दै पनि थिए, भौतिक बिकास र निर्माणले फड्को मारेको मेरो जन्मभूमी स्वर्गकी परी झै धपक्क बलेको होला ??? ओहो कस्तो आतुर भएको मलाई फेरिएको नेपालको अनुहारलाई छिनभरमै अङ्कमाल गर्न सकु। यस्तै यस्तै खाले तरेलीहरुमा बग्दै।

बिगतका केहि दशकदेखी नेपाल सरकारले शिप, खोज, अनुसन्धान एवंम् ब्यबसायमा आधारित बैज्ञानिक शिक्षा प्रणालीको नीति अवलम्बन गर्दै सोहिनुसार देशभर सुबिधा सम्पन्न आवासीय स्कुल, कलेज तथा युनिभर्सिटीको स्थापना गरी स्नातक तहसम्मको शिक्षालाई अनिवार्य र त्यसमाथिको उच्च शिक्षा तथा बिषयगत बिज्ञताको लागी सर्ब सुलभ बनाई शिक्षामा आम नागरिकहरुको आफ्नो पहुँचलाई ब्यबस्थित गर्दै आएको थियो। सबै बर्गको मानिसहरुले राज्यद्धारा उपलब्ध गराईएको शैक्षिक सुबिधाहरुलाई उपयोग गर्नु सकुन भन्ने दृढ ईच्छाशक्ति सहित राष्ट्र सेवक कर्मचारीहरुले अनुगमनको पाटोलाई प्रभाकारी ढंगबाट अगाडी बढाएको खबरहरु आईरहन्छ। फलस्वरुप देशको भविष्यलाई थप कसिलो बनाउन सक्ने हिम्मत र आँटले भरिपुर्ण क्षमतावान् बिभिन्न क्षेत्रसंग सम्बन्धित बिज्ञ, प्राबिधिक एवंम् दक्ष जनशक्ति उत्पादनको गति निकै तिब्र बन्दै आईरहेको छ।

बैज्ञानिक शिक्षा प्रणालीलाई अनुशरण गर्ने सरकारी नीति र लगानीले गर्दा क्षमता र दक्षता भएका मानिसहरुलाई संसारका ठुलाठुला युनिभर्सिटीहरुमा गई अध्ययन गर्ने र अध्ययन पश्चात स्वदेशमा नै आफुले ज्ञान हॉंसिल गरेको क्षेत्रमा सेवा गर्ने अवसरको ग्यारेण्टी गरिएको छ। जसबाट दक्ष जनशक्ति पलाएनमा शुन्यता छाएको छ। देशको बिभिन्न शहरहरुमा खोईएको बिश्वबिद्यालयहरु, चिकित्सकको बिज्ञानको लागी स्थापित शिक्षालयहरु र प्राबिधिक बिद्यापिठहरु अहिले हाम्रो छिमेकीहरुको लागी पनि शैक्षिक सुलभता र सेवाको गन्तव्य नै बन्ने गरेको छ।

लोकतान्त्रिक अभ्यासको आफ्नै लामो अनुभवको कारण नेपालको राजनीतिक क्षेत्रका नेता तथा कार्यकर्ताहरु पनि पुरापुर जनताप्रति उत्तरदायी र जफादेही छन्। उनीहरुमा आफु जनताको सेवक हौ भन्ने मनोभावको बिकास भएको छ। ईमानदार र खारिएका अनुभवी राजनीतिक नेतृत्व भएकोले होला अहिले हाम्रो देश नेपालले भ्रष्टचारमा शुन्यसिलताको धारणालाई अघि बढाएको छ। संदियौ देखीको अनियमिमता र योजनाहरुमा हुने छलकपटको बिच निर्माण भएका भौतिक संरचनाहरुको कच्ची स्वरुपलाई द्रुतगतिमा बिस्थापित गर्दै बनेको नयॉं पुर्वधारहरुले देशको मुहारलाई चहकिलो बनाएको छ।

नेपाल सरकारले शिक्षाको क्षेत्रमा गरेको ठुलो लगानीको परिणाम बिधुतिय क्षेत्रसंग सम्बन्धित बिषयगत प्राबिधिक, ईन्जिनियर र दक्ष जनशक्ति उत्पादनले गर्दा केहि बर्ष अघिसम्म पनि नेपालमा हाहाकार हुने गरेको बिद्युत आपुर्तिमा पुर्ण बिराम लागेको छ र बिद्युत आपुर्तिमा संधै भारतसंग परनिर्भर हुनुपर्ने हाम्रो बाध्यतालाई चिर्दै, अहिले नेपालको ठुला ठुला नदीहरुमा निहित जल क्षमताको पुरा सदुपयोग गर्दै हजारौ हजार मेगावाट बिजुली उत्पादन गरेको छ। नेपालले आफुले खपत गरेर बॉंकि रहेको बिजुली नेपाल बिद्युत प्राधिकरणले भारत र चिनमा निर्यात गरी त्यसबाट ठुलै हिस्साको बिदेशी मुद्रा आर्जन गर्ने गरेको समचारहरु छापाहरुमा प्रमुखताको साथ छापिन्छ।

बिद्युत उत्पादनको अलवा ब्यबसायिक माछा पालनलाई ब्यबस्थित गर्दै त्यहॉंबाट उत्पादित माछामासु आन्तरिक र बाह्य बजारमा निर्यात गरिन्छ। भित्री मद्येश, तराईको उर्बरभूमी तथा पहाडका ठुलाठुला टारहरु र फॉंटहरुमा सिंचाईको राम्रो प्रबन्ध मिलाई अर्गानिक खेती उत्पादनमा नेपाल सरकारले जोड दिएको छ। खेतीपाती संगसंगै पशुपंक्षी पालनलाई प्रार्थमिकतामा राखेको छ। त्यसैगरी फलफुल, तरकारी र अन्य खाधान्न वस्तुहरुको उत्पादनको बढावाले गर्दा स्वदेशमा खपत नभएको सामाग्रीहरुलाई बिश्व बजारमा निर्यात गरी नेपालको माछामासु, अर्गानिक तरकारी तथा फलफुलहरुले बिश्वको बिकसित देशहरुको ठुलाठुला शहरहरुमा आफ्नो पकड जमाई खर्बौ खर्ब बिदेशी मुद्रा आर्जन गरी आफनो राजश्व संकलनको क्षेत्रलाई बलियो बनाएको तथ्याङ्क सार्वजनिक गरिएको छ।

सिंचाई पछिको खेतीले नेपालको अधिकांस भूभाग संधै हरियाली देखिन्छ। नेपालको ठुला नदीहरुमा बिजुली उत्पादन गर्न बॉंध बनाउँदा बनेको मानब निर्मित सरोबरहरु आन्तरिक र बिदेशी पर्यटकहरुको आकर्षणको केन्द्र नै बनेको छ। ती जलासयपुर्ण सरोबरलाई हेर्न र त्यसमा बोटिंग गरी आनन्द लिनको लागी पारिवारिक घुमघामको निम्ति देश बिदेशका बिभिन्न शहरहरुबाट आउँने पर्यटकहरुको भिड नै लाग्न थालेको छ। साथसाथै घुमघाम पछिको खानापिन लागि जलासयको वरिपरी बिभिन्न प्रकारको रेष्टुरेन्टहरु, बास तथा आरामको लागि रिजर्ट र होटलहरु बनेकाछन् र आन्तरिक एवंम् बाह्य पर्यटकहरुको बाक्लो आगमनले संधै नै भरिन्छन् यहॉंको होटल, रिजर्ट र रेष्टुरेन्टहरु।

मनोमोहक दृश्यहरुरुको अवलोकन र घुमाघाम लागी आउँने देशी तथा बिदेशी पाहुनाहरुले आफ्नै शीप र क्षमतामा बनाईएका बिभिन्न प्रकारको घरेलु सामानहरु (जस्तै मादल, ठेगी, गौवा, खुर्पिठ्याक, मुकुण्डो, सन्दुस, सारंगी, जॉंतो, खुकुरी, माटोबाट बनेको थरिथरीका सामानहरु, बॉंस र चोयाबाट निर्मित बिभिन्न किशिमको सामानहरु) को निर्यातले पनि हाम्रो देशको अर्थतन्त्रलाई फराकिलो बनाउन ठुलो टेवा पुर्याएको छ। स्थानीय स्तरमा भएको ज्ञान, शीप र क्षमताको उपयोग गर्दै खोल्ईएको यस्ताखाले साना ब्यबसायहरुले मानिसहरुको आम्दानीको श्रोतलाई काफी बल पुर्याएको छ।

हामीलाई प्रकृतिले अनुपम उपहार दिएको हाम्रा कैयौं हिमश्रृखलाहरु पनि बिश्वभरका पर्यटकहरुलाई लोभ्याउने र एकपटक भने पनि आरोहण गर्न जाऊँ जाऊँ लाग्ने गन्तब्य नै बन्न पुगेको छ। यसबाट नेपालले संधियौ देखि गर्दै आएको आम्दानी र राजश्व संकलनमा अहिले हजारौ हजार गुणाको बृद्धि भएको सुखद् खबर हामी नेपालीहरुको लागि अर्को खुशीको महत्वपुर्ण कुरा हो। बिश्व सर्वोच्च शिखर सगरमाथा र अन्य ठुला हिमश्रृंखलाहरु पनि हाम्रै भूगोलमा अबस्थित हुनु हाम्रो लागी गर्वको बिषय हो। हिमश्रृंखलाहरुबाट निस्किएको पानीलाई बैज्ञानिक तरिकाले प्रशोधन गर्दै खाडी तथा अन्य देशहरुमा बिक्री गर्न थालिएको छ। यो हाम्रो देशको आम्दानी र अर्थतन्त्रको अर्को गतिलो हिस्सा हो।

नेपाल सरकारले दशकौ देखी शिक्षाको क्षेत्रमा गरेको ठुलो लगानीको फलस्वरुप त्यहॉंबाट उत्पादित बिभिन्न बिधाका दक्ष जनशक्ति, जलासयको भरपुर उपयोग गर्दै गरिएको बिद्युत उत्पादन र निर्यात, बैज्ञानिक प्रणालीमा गरिएको अर्गानिक खेती, गाईवस्तु एवं माछा तथा पशुपंक्षी पालन, बिभिन्न खाले कपडा उधोगहरुको स्थापना, साना तथा घरेलु हस्तकला उत्पादनमा जोड र पर्यटन बिकास आदीले गर्दा स्थानीय स्तरमा बढेको रोजगारीले गर्दा केही दशक अघिसम्म मेमिट्यान्समा आधारित हाम्रो अर्थतन्त्रलाई पुरापुर बिस्थापित गर्दै स्वनिर्भर भएको छ। रोजगारीको बृद्धिसंगै मानिसहरुको क्रयशक्तिमा ब्यापक परिवर्तन आएको छ।

नेपालको पछिल्लो बिकसित चम्किलो मुहारलाई चुम्बन गर्ने कल्पनामा डुब्दाडुब्दै मैले यात्रा गरिरहेको नेपाल एअरलाईन्सको जेट बिमानमा कार्यरत उडान सहयोगीले एक्कासी पहिले नेपाली भाषा र पछि अंग्रेजी भाषामा एनाउन्स् गर्नुभयो (कृपया अब हामी केही वेरमा नै बाराको निगगढ अन्तराष्ट्रिय बिमान स्थलमा अबतरण गर्दैछौ, सबैजना यात्रु महानुभावहरु आ आफ्नो ठाउँमा पेटी बॉंधेर बस्नुहोला, र आफ्नो सिटको पछाडीको भागलाई बिमान अबतरणको अबस्थामा ल्याउनु होला) धन्यवाद !

उनको आवाजले कल्पनामा डुबेको मेरो मष्तिष्कलाई स्पर्स गर्यो र मैले झ्यालको ढकनीलाई माथि सारे र बाहिरतिर नजर दिए। म उडेको जहाजको म पट्टिको पंखेटा गगनचुम्बी भबनहरुलाई छोयो छोयो जस्तै गर्दैछ। पृष्टभूमीमा हरियाली सहित फराकिला सडकहरु, कतैकतै हरियो पानीमा आफै चढेको जहाजको आकृति आउने ठुला तालहरु र पोखरीहरु, बगैचा र बाल उधानहरु हेर्दै र मन मनमा खुशी हुदै थिए, उडानको मुख्य चालक क्याप्टेनले उडानको सहयोगीलाई सम्बोधन गर्दै भन्नुभयो सबै उडान सहयोगीहरु कृपया आ आफ्नो ठाउँमा बस्नुहोस् म निजगड अन्तराष्ट्रीय बिमानस्थलमा बिमानलाई अबतरण गर्दैछु। त्यसको एक दुई मिनेट जतिमा नै मेरो लामो हवाई यात्राले बिट मार्यो।

यसभन्दा पहिले त नेपालमा बिमान ओर्लिएपछि बसको सहायता या खुट्टाले हिडेरै अध्यागमन कार्यालय खोज्दै जानु पर्दथ्यो। तर, यो निजगढ बिमानस्थलमा भने बिमान भवनको ढोका नजिकै जस्तैगरी रोकिने ब्यबस्था मिलाईएको रहेछ। म बिमानबाट बाहिर निस्कदै गर्दा भवनको भित्ताहरुमा नेपालको बिभिन्न किशिमको जातजाती र भाषाभाषीहरुको पहिचानहरुको झझल्को दिने तस्वीरहरु, मनमोहक प्राकृतिक सम्पदाहरुको चित्रण गर्न सकिने ठुला पोष्टरहरु, दुर्लभ बन्यजन्तुहरु र मयुर तथा डॉंफेको तस्वीरहरुले थकित मनलाई प्रफुल्ल बनाएको थियो। संगसंगै बिश्व शान्तिदुत भगवान् गौतम बुद्ध, आरोग्यदेब भगवान् पशुपतिनाथ र सगरमाथाको तस्वीरहरु टॉंस्एको थियो, जहॉंबाट सिंगो नेपालको नै परिचय दिई रहेको आभाष मलाई मिलि रहेको थियो।

म फटाफट अघि बढे, केहिी बेरमै अध्यागमनबाट प्रबेशज्ञा लिए र सोझै झोला आईपुग्ने ठाउँमा पुगे। म पुग्दा मेरो झोला आई पुगी सकेको रहेछ, झोलालाई गुडाउँदै बाहिर निस्के, एकजना ट्याक्सी चालकजीले शिष्ट भाषामा सोध्नुभयो, सर तपाई कहॉं यसम्म जाने होला ??? म गोरखा सम्म जाने हो। यहॉंबाट म छिटो कसरी गोरखा पुग्न सक्छु होला ??? उनले मलाई जबाफ फर्काए, सरलाई म यो ट्याक्सीमा पतलैया रेलवे स्टेशनमा सम्म छोडी दिन्छु। त्यहॉं बिहान पॉंच बजेदेखि राती १२ बजेसम्म हरेक आधा घण्टामा बिभिन्न प्रदेश र जिल्लाहरु तिरजाने रेल आउँछ। सायद तपाई पनि गोरखा रेलमा नै छिटो पुग्नुहुन्छ होला ???

हुन्छ जॉंऊ, म उत्सुकताको साथ केही बर्ष पहिले मात्र निर्माण कार्य सम्पन्न भएर संचालनमा आएको बिश्वको ठुलो मध्येको एक मानव निर्मित सरोबर “बुढी गण्डकी जल बिधुत आयोजना” को अवलोकन गर्दै त्यहॉंबाट म जन्मिएको गाउँ गोरखाको घ्याम्पेसाल पुगेर बस्छु भन्दै, यिनै बिषय र कुरालाई मनमा खेलाई कसरी यात्रालाई रमाईलो बनाउने भन्दै पतलैया रेलवे स्टेशनमा गोरखासम्म जाने रेललाई कुरिरहेको थिए। मोबाईलमा शुभ- प्रभातको ध्वनी सहितको घण्टीको आवाजले म ब्युँझिए। ब्युँझिदा यसो सोंचे म कहॉं छु भनेर ? समृद्धि र बिकासले भरिपुर्ण मेरो जन्मभूमीलाई बिपनीमा अंकमाल गर्ने मेरो चाहानामा ठेस लाग्यो। म त सपनीमा मेरो मनको अन्तस्करणमा छचल्किएको भविष्यको मेरो देशलाई चुम्बन गर्दै रहेछु।


प्रकाशित | ३ असार २०७८, बिहीबार ११:२५