सिद्धार्थ बैंक र सन नेपाल लाइफबीच सम्झौता

काठमाडौं: सिद्धार्थ बैंक र सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा, सिद्धार्थ बैंककातर्फबाट सहायक महाप्रबन्धक अर्जुनभद्र खनाल र सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुखबजार प्रबन्धक राजु केसीले हस्ताक्षर गर्नुभएको छ । त्यस्तै सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक अर्जुनभद्र खनालले आगामी दिनहरूमा, सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडमा बिमा गर्ने ग्राहकवर्गहरूलाई आवश्यक बिमासम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट उपलब्ध हुने जानकारी दिनुभयो ।


प्रकाशित | १७ जेष्ठ २०७६, शुक्रबार १०:३१