भारतीय कांग्रेसको ‘लोकसभा निर्वाचन घोषणापत्र’ सार्वजनीक

काठमाडौं : भारतीय कांग्रेसले लोकसभा निर्वाचनको लागि घोषणापत्र सार्वजनीक गरेको छ । भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले घोषणापत्र सार्वजनीक गर्नुभएको हो । अध्यक्ष गान्थीले घोषणापत्रले आम जनताको भावनालाई समेटीएको बताउनुभएको छ । कांग्रेसले पार्टी निर्वाचित भएमा सार्वजनिक क्षेत्रमा ३४ लाखवटा नयाँ जागिरको प्र्रतिबद्धता जनाएको छ । साथै प्रत्येक ग्राम पञ्चायत तथा नगरपालिकामा १० लाख नयाँ सेवा मित्र रोजगारी सिर्जना गर्ने उल्लेख गरेको छ ।

घोषणपत्रमा न्यूनतम आय योजना कार्यान्वयन गरेर गरीबी निवारण गर्ने प्रतिबद्धता जनाइएको छ । जसअन्तर्गत वर्षको ७२ हजार भारु सबभन्दा गरीब २० प्रतिशत घरपरिवारलाई दिइने उल्लेख छ । त्यस्तै, कुल गार्हस्थ्य उत्पादनको ३ प्रतिशत खर्च गर्ने गरी स्वास्थ्य सेवामा अहिलेको भन्दा दुईगुणा बढी खर्च गर्ने, जीएसटीलाई सरल बनाएर मध्यम दरको कर, निर्यातमा शून्य रेटिङ र अत्यावश्यक सामान तथा सेवामा करछुट दिने लगायतको प्रतिबद्धता सार्वजनीक गरेको छ । हिन्दुस्तान टाइम्सबाट


प्रकाशित | २० चैत्र २०७५, बुधबार १२:१०