क्लोपलाई वर्ष प्रशिक्षक अवार्ड

एजेन्सी – लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले ‘एलएमए म्यानेजर अफ दि इयर’ अवार्ड जितेका छन् । जर्मन प्रशिक्षक क्लोपलाई लिग म्यानेजर्स एसोसिएसनले वर्ष प्रशिक्षक अवार्ड प्रदान गरेको हो ।

क्लोपले यस सिजन लिभरपुललाई प्रिमियर लिगको उपाधि दिलाएका थिए । लिभरपुलले ३० वर्षपछि पहिलो पटक उपाधि जितेको हो । क्लोपले अवार्ड जिते लगत्तै म्यान्चेष्टर युनाईटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनले यो सबै तरिकाले योग्य रहेको बताए ।

‘टिमको प्रर्दशनको स्तर उत्कृष्ट थियो । तपाईको ब्यक्तित्वले पुरै क्लबमा सही चलेको छ ।’ उनले भनेका छन् ।

क्लोप नेतृत्वको क्लबले ९९ अंक सहित प्रिमियर लिगको उपाधि उचालेको थियो । उसले दोस्रो स्थानको म्यान्चेष्टर सिटीसंग १८ अंकको अग्रता सहित लिग उपाधि जितेको थियो ।
‘म लिग म्यानेजर्स एसोसियसन म्यानेजर अफ दी ईयर अवार्डको विजेताको रुपमा सम्मानित हुन पाउँदा ज्यादै खुसी छु ।’ क्लोपले भनेका छन् ।

महिलातर्फ चेल्सीका प्रशिक्षक इमा हेएसले ‘एलएमए म्यानेजर अफ दि इयर’ अवार्ड जितिन् । यस्तै लिड्स युनाइटेडला मार्सेलो बिल्साले च्याम्पियनसिपतर्फको अवार्ड जिते । उनले लिड्सलाई यस सिजन च्याम्पियन बनाएर प्रिमियर लिगमा बढुवा गरेका थिए ।


प्रकाशित | १३ श्रावण २०७७, मंगलवार ०७:५७