काठमाडौं महानगरपालिकाको मेयरमा स्थापित र उपमेयरमा डंगोलद्वारा उम्मेदवारी दर्ता

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदमा एमालेबाट केशव स्थापितले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँहरुले काठमाडौंको राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।

स्थापित काठमाडौंका पूर्व मेयर समेत हुनुन्छ भने हाल बागमती प्रदेशसभा सदस्य रहेका उहाँ सो पदबाट राजीनामा दिएर अर्को कार्यकालका लागि उम्मेदवारी दिनुभएको हो । यस्तै डंगोल पूर्व मिस नेवा हुनुन्छ ।


प्रकाशित | १२ बैशाख २०७९, सोमबार १४:३३