युवा संघद्धारा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध आयल निगम घेराउ

काठमाडौँ – राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय युथ फोर्स विभागको आयोजनामा पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धिविरुद्ध आयल निगम घेराउ तथा विरोध प्रदर्शन गरेका छन् । शुक्रबार दिउँसो विरोध प्रदर्शनसहित संघले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो ।

प्रदर्शनमा संघका केन्द्रीय अध्यक्ष किरण पौडेल र युथ फोर्स विभाग प्रमुख पुष्पराज श्रेष्ठले सम्बोधन गर्दै मूल्यवृद्धिविरुद्ध आन्दोलनलाई देशब्यापी बनाउँदै लग्ने बताउनु भयो ।

त्यस्तै, संघका नेताहरूले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् । विगत केही समयदेखि नेपाल आयल नियमले नेपाली जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिरहेकोमा राष्ट्रिय युवा संघ नेपालको गम्भीर ध्यानाकर्षण भएको उक्त पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ,“पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, ढुवानीलगायत दैनिक उपभोग्य वस्तुहरुको मूल्यवृद्धि भइ समग्र जिविकोपार्जन र जनजीवन नै प्रभावित हुँदै आइरहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहँदासम्म कुनै नोक्सानी नबेहोरेको निगमको पछिल्लो समय करिब २५ अर्ब नोक्सानी देखिएको छ र निगमको घाटाको पूर्ति गर्ने बाहानामा बारम्बार भइरहने मूल्यवृद्धिको शिकार आम जनता नै बनिरहनुपर्ने स्थिति छ । यसर्थ राष्ट्रिय युवा संघ नेपाल, आयल निगमसमक्ष मूल्यवृद्धि फिर्ता गरी तपसिल बमोजिमका माग पुरा गर्न ज्ञापनपत्र पेस गर्दछ ।”

No description available.

May be an image of one or more people, people standing, people sitting and road

May be an image of 4 people, people sitting and people standing

May be an image of 8 people, beard, people sitting and people standing

May be an image of 2 people, people standing, crowd and outdoors
May be an image of 10 people, people standing and outdoors

प्रकाशित | २८ माघ २०७८, शुक्रबार २०:५४