नोर्डिक क्षेत्रका एनसिसीहरु अनलाईन भोटिङ र नि:शुल्क सदस्यताको विषयमा साझा धारणा बनाउँदै

कोपनहेगन । गैर आवासीय नेपाली संघ (एनआरएनए ) ले अघि सारेको सांगठनीक पुनर्सरचनासहितको प्रस्तावको विषयमा यूरोपका स्कान्डिभियन नोर्डिक क्षेत्रमा रहेका एनसिसीहरु साझा धारण बनाउन लागिपरेका छन् ।

संंघले अगाडि सारेको एमआईएस सिस्टम, अनलाईन भोटिङ र निशुल्क सदस्यतालगायतका विषयमा नोर्डिक क्षेत्रमा रहेका एनसिसीहरु साझा धारणा बनाउन लागिपरेका हुन ।

सोही विषयमा छलफल गर्न केहि समय अघि मात्र स्मार्ट प्रोजेक्टका कोअर्डिनेटर गौरी राज जोशी र फिनल्याण्डबाट एमआईएस सिस्टमका को अर्डिनेटर बालकृष्ण श्रेष्ठसँग डेनमार्क, नर्वे, स्वीडेन फिनल्याण्डका सबै एनसिसीका कार्यसमितिसहित सहभागि गराएर छलफल गरिएको छ । छलफलको क्रममा एमआईएस सिस्टम, सदस्यता निशुल्क गर्ने प्रस्तावको विषयमा कार्यसमितिको तर्फबाट विभिन्न सुझावहरु पेश भएको थियो ।

यसअघि आयोजना गरिने छलफल कार्यक्रममा एनसिसीको तर्फबाट अध्यक्ष र महासचिवले मात्र सहभागिता जनाउने गरेकोमा नोर्डिक क्षेत्रमा आबद्ध सम्पूर्ण एनसिसीले सम्पूर्ण कार्यसमितिलाई समेत राखेर छलफल गरेको हो ।

दोस्रो एनआरएनए यूरोप क्षेत्रीय विज्ञ भेलाका संयोजक तथा नर्वेबाट आइसिसी सदस्यको रुपमा प्रतिनिधित्व गर्नुहुने राजु अर्यालले नोर्डिक क्षेत्रका सबै एनसिसीहरुले संयुक्त रुपमा छलफल गरि साझा धारण बनाउने विषयमा एक चरण छलफल गरेको जानकारी गराउनुभयो ।

पहिलो चरणमा छलफल सम्पन्न गरेपनि आइसिसी अध्यक्ष र महासचिवसँग बसेर अर्को चरण पनि छलफल गर्दै नोर्डिक क्षेत्रको तर्फबाट साझा धारण बनाउने गरि तयारी भइरहेको बताउनुभयो । साथै यसअघि भएको एमआईएस सिस्टमको विषयमा भएको छलफलको क्रममा विगतको कमी कमजोरीलाई सुधार गर्दै आफनो डाटा आफै सुरक्षीत राख्नुपर्छ भन्ने विषयमा पनि छलफल भएको अर्यालले बताउनुभयो ।

एनआरएनए डेनमार्कका अध्यक्ष रविन्द्र खडकाले आइसिसीले अगाडि सारेको सांगठनीक पुनर्सरचनासहितको प्रस्तावको विषयमा नोर्डिक क्षेत्रको साझा धारणा बनाउन छलफल भइरहेको र छलफल सकिएपछि निस्कर्षसहितको साझा धारण बनाइने बताउनुभयो । एमआईएस सिस्टम, अनलाईन भोटिङं र निशुल्क सदस्यताका विषयमा ब्यापक छलफल गरेर साझा धारण बनाउँछौ, अध्यक्ष खडकाले भन्नुभयो ।

नोर्डिक क्षेत्रको पाँचौ बैठक फिजीकल रुपमा गर्ने तयारी

गैर आवासीय नेपाली संघ (एनआरएनए ) नोडिक क्षेत्रको पाँचौ क्षेत्रीय बैठक भिजीकल रुपमा गर्ने गरि तयारी थालीएको छ । यस पटक आयोजनाको जिम्मेवारी पाएको एनसिसी डेनमार्कका अध्यक्ष रविन्द्र खडकाले कोभिड १९ को महामारी विस्तारै हट्दै गएको र म्याक्सिनको उपलब्धता भएसँगै भिजीकल रुपमा गर्ने गरि तयारी भइरहेको बताउनुभयो । यद्यपी मिती भने तय भइनसकेको पनि अध्यक्ष खडकाले बताउनुभयो ।

नोर्डिक क्षेत्रको चौथो बैठक समन्वय संयोजक राजु अर्यालले परिस्थिति हेरेर बैठक आह्रवान गर्ने गरि छलफल भइरहेको बताउनुभयो । तत्कालीन अध्यक्ष शेष घले रहनुहुँदादेखि मान्यता पाई शूरु गरिएको सो बैठक नियमीत रुपमा सञ्चालन हुँदै आएको छ ।


प्रकाशित | ३० मंसिर २०७७, मंगलवार ११:२७