रियल म्याड्रिड कोपा डेल रे च्याम्पियन

एजेन्सी – ला लिगा प्रतिद्धन्द्धी ओसासुनालाई पराजित गर्दै रियल म्याडिङ स्पेनिस कोपा डेल रेको च्याम्पियन बनेको छ ।

सेभियामा शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ ले पराजित गर्दै रियल सन् २०१४ पछि कोपा डेल रे च्याम्पियन बनेको हो ।

रियललाई उपाधि जिताउन ब्राजिली यवा विंगर रोड्रिगोले दुवै गोल गरे । ओसासुनाका लुकास टोरोले एक गोल फर्काए । खेलको १०६ सेकेन्डमै रोड्रिगोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए ।

उनले अर्का ब्राजिली विंगर भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भएका थिए । कोपा डेल रेको फाइनलको इतिहासमा १७ वर्षअघि यति छिटो गोल भएको थियो ।


प्रकाशित | २४ बैशाख २०८०, आईतवार ०९:०८