ललितपुर: ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । एकजना घाइतेको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरुलाई प्रहरीले तत्कालै उद्धार गरेर पाटन अस्पतालमा पठाएको छ । उद्योग सन्चालकका अनुसार विस्फोट हुने बेलामा १० जना कार्यरत थिए । दुई जना उद्योग सन्चालक सम्पर्कमा आएका छन् । एक जनाको मृत्यु भइसकेको छ । सात जना घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित | ८ बैशाख २०७९, बिहीबार १३:५२