विवादास्पद अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओली सहमत

काठमाडौँ । विवादास्पद अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत हुनु भएको छ ।
बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डसँगको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत हुनु भएको नेकपा उच्च स्रोतले जनाएको छ ।
नेकपाभित्रको विवादकै कारण संवैधानिक परिषद् बैठक नै अवरुद्ध भएपछि प्रधानमन्त्री ओलीले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ ल्याउनु भएको थियो । सो अध्यादेश सरकारले सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले हतारमा जारी गर्नु भएको थियो ।
अध्यादेश ल्याइएपछि सत्तारुढ दल नेकपाभित्रै बाट ओलीको चर्को आलोचना भएको थियो भने प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत चर्को विरोध गरेको थियो ।


प्रकाशित | १ पुष २०७७, बुधबार १७:१७