जिरीको ब्यवसायीक प्रबद्र्धन र पर्यटन विकासमा सदैव लागिपर्नेछु: बालकृष्ण शिवाकोटी

जिरी : नेकपा एमालेका तर्फबाट दोलखामा प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटीले जिरीको ब्यवसायीक प्रबद्र्धन र पर्यटन विकासमा सदैव लागिपर्ने बताउनु भएको छ । जिरीमा आयोजित आम सभालाई सम्बोधन गर्दै उम्मेदवार शिवाकोटीले जिरीको ब्यवसायिक प्रबद्र्धन र पर्यटन विकासका लागि आफूलाई विजयी गराउन आग्रह गर्नु भयो ।

उहाँले बिर्गानेलाई नभई बनाउनेलाई मत हाल्न आम मतदातालाई आग्रह गर्नुहुँदै भन्नु भयो, ‘म जिरीबासीले मत दिनुहुन्न भनेर आएको होइन, यो पटक रुखमा भोट हाल्ने ठाउँ छैन मत खेर नफाल्नुस भनेर कांग्रेसका कार्यकर्ता र माओवादी भित्र भएका राम्रा कार्यकर्तालाई पनि सूर्य चिन्ह्रमा मत मागीदिनुस भनेर आग्रह गर्न मात्र आएको हो ।’

जिरीको न्याय हुने गरि एमालेले  उचित सम्बोधन गरेको र उम्मेदवार बनाएको बताउँदै शिवाकोटीले जिरीलाई सुन्दर नगरी बनाउन र ब्यवसायीक केन्द्र बनाउनको लागि आफू लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

‘जिरीबासी जुन दिन हास्नु हुनेछ; त्यो दिन म पनि हास्नेछु । एकचोटी अवसर दिनूस, जिरी र दोलखाको माटोमा के गर्नुपर्छ त्यो मैले गर्नेछु’ , उहाँले थप्दै भन्नु भयो ।

उम्मेदवार शिवाकोटीले बिस २०२२ ताका बनेको जिरी एअरपोर्ट अहिले बन्द अवस्थामा रहेको र त्यसको सुचारु आगामी ५ वर्ष भित्र गर्ने पनि बताउनु भयो ।

त्यस्तै, प्रदेश सभा क का उम्मेदवार नरबहादुर श्रेष्ठले पनि एअरपोर्ट फेरि सुचारु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एमालेकै स्थानीय सरकारको समयमा नगरपालिकामा शितभन्डार निर्माण भर्इ सञ्चालनमा आएको, क्लीन जिरी, ग्रीन जिरीको नारासहित विभिन्न कार्यक्रमहरु भएको र जिरीलाई पर्यटकिय स्थलका रुपमा पुन विकास गर्न एमालेसँग मात्रै दृष्टिकोण भएको श्रेष्ठले बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 1-1024x768.jpg

प्रकाशित | १९ कार्तिक २०७९, शनिबार १८:३३