सिन्धुपाल्चोक केन्द्रविन्द्र भएर भूकम्पको परकम्प

काठमाण्डौ: सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान ८ बजेर ३७ मिनेट जाँदा ४ म्याग्निच्यूडको परकम्प गएको हो । २०७२ को महाविनाशकारी भूकम्पपछि लगातार परकम्प आउने क्रम जारी छ । गोर्खा भूकम्पपछि अहिलेसम्म ४५ हजार भन्दा धेरै परकम्प गइसकेका छन् ।


प्रकाशित | २१ बैशाख २०७६, शनिबार ११:२२