नेपालमा २ हजार ८५६ जना कोरोना संक्रमित थपिए, ५ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८५६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ३३६ जनाल कोरोना जितेका छन्। योसँगै हालसम्म १ लाख ११ हजार ६७० जना निको भएका छन्। आज देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८४७ पुगेको छ।


प्रकाशित | ९ कार्तिक २०७७, आईतवार १६:४०