डब्लिन : नयाँ वर्षको अवसरमा ‘शुभकामना सांगीतिक साँझ’ कार्यक्रम सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ आयरल्याण्डको आयोजनामा डब्लिनमा आयोजित ‘शुभकामना सांगीतिक साँझ’ सम्पन्न भएको हो ।
एनसिसी आयरल्याण्डका अध्यक्ष विनोद कार्कीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय सम्वन्य परिषद्का सहकोषाध्यक्ष मिलन छन्त्याल, युरोप क्षेत्रीय सहसंयोजक सागर लामा, संस्थका पूर्व अध्यक्षहरु राजन काफ्ले, नवराज कोइरालालगायत अतिथिको रुपमा सहभागि हुनुुहुन्थ्यो ।
एनसिसी महिला उपाध्यक्ष सृजना गोलेले स्वागत गर्नु भएको कार्यक्रममा नेपाली समाजका तर्फबाट अध्यक्ष लोक त्रिपाठीले शुभकामना मन्तब्य दिनु भएको थियो ।
त्यस्तै, कार्यक्रममा संस्थाका उपाध्यक्ष ओम अधिकारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । त्यसअघि संस्थाका अध्यक्ष विनोद कार्कीले आइसिसीमा नवनिर्वाचित सहकोषाध्यक्ष छन्त्याल र युरोप क्षेत्रीय सहसंयोजक लामालाई बधाई तथा सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै वक्ताहरुले स्थानीय रुपमा सबै नेपालीहरु एकजुट भएर मात्र माग सम्बोधन गर्न सकिने भन्दै आयरल्याण्डबासी नेपाली समुदायलाई एकढिक्का हुन आह्रवान समेत गर्नु भएको थियो । साथै गैर अवासीय नेपालीहरुको नागरिकता विधेयक संसदमा धन्किएको चिन्ता ब्यक्त गर्दै छिटो भन्दा छिटो विधेयक पारित गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।
औपचारिक कार्यक्रम समापनसँगै संस्थाका सांँस्कृतिक संयोजक ज्ञान सिंह पुनले सांगीतीक कार्यक्रमको शुरु गर्नु भएको थियो । कार्यक्रममा पुनसहित सरु थापाको समुहले भरपुर मनोरन्जन दिएको थियो । साथै कार्यक्रममा स्थानीय कलाकार कपिल पाईजा, सरु थापा, सनी श्रेष्ठ र ज्ञानसिंह पुनले मिठो गायन प्रस्तुत गर्नु भएको थियो । नृत्य सरु थापा, कृष्टिना पोखरेल, विकास रसाइली, जिष्या राना र आसिका न्युरेले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष पुष्कर बम्जनले डिजेको रुपमा सहयोग गर्नु भएको थियो भने अन्तमा सृजना गोले र प्रकाश बम्जनले राफल लक्की ड्र गरेर मनोरन्जन दिलाउनु भएको थियो ।
कार्यक्रममा सहभागिलाई नेपाली खानाको ब्यवस्थापन काठमाडौं रेष्टुरेन्ट डब्लीनका संचालक पुष्कर बम्जन र प्रकास बम्जनले गर्नु भएको थियो ।
प्रकाशित | ३ बैशाख २०७९, शनिबार २२:३३