संसदमा देउवाको सम्बोधन : नीति तथा कार्यक्रम छरपष्ट, आधारहीन र तयारी विनाका चाहनाहरुको सँगालो

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रम छरपष्ट, आधारहीन र तयारी विनाका चाहनाहरुको सँगालो टिप्पणी गर्नुभएको छ । नीति तथा कार्यक्रममाथीको छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएको देउवाले नीति तथा कार्यक्रममा कनुै नयाँपन नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, सरकारको नीति तथा कार्यक्रम छरपष्ट, आधारहीन र तयारी विनाका चाहनाहरुको सँगालोको रुपमा मैले लिएको छु। जसरी यो सरकारले गत साल ल्याएको नीति तथा कार्यक्रमले कुनै नतिजा दिन सकेन, यसरी नै यो नीति तथा कार्यक्रमले केही नतिजा दिन नसक्ने निश्चित छ।  एक वर्षको नीति र कार्यक्रमहरु भनिएको छ तर यहाँ दुई वर्षका, चार वर्षका, पच्चिस वर्षका वा वर्षै नतोकिएका कार्यक्रमहरुको बाहुल्यता छ। स्रोत, साधन र विधिको टुंगो नभएका हुनाले यि मध्ये कैयन कार्यक्रमहरु फगत नारामा सिमित हुने कुरामा शंका छैन, उहाँले भन्नुभयो ।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार १४:३९