ग्लोबल मार्क एजुकेशनलाई एआईबिटि ग्लोबलको इमर्जिङ्ग बिजनेस पार्टनर अवार्ड

ब्रिसबेन । ग्लोबल मार्क एजुकेशनले एआईबिटि ग्लोबलको इमर्जिङ्ग बिजनेस पार्टनर अवार्ड प्राप्त गरेको छ । मनोनयनमा परेका बाँकी सात प्रतिस्पर्धीलाई पछि पार्दै ग्लोबल मार्कले अवार्ड हात पारेको हो ।

ग्लोबल मार्क एजुकेशन एण्ड भिसा सर्भिसेजले आफ्नो सेवा शुरु गरेको छोटो समयमा नै विद्यार्थी, अभिभावक मात्र नभई अष्ट्रेलियाका शैक्षिक संस्थाहरुको पनि विश्वास कमाइरहेको छ । अवार्ड आयोजक एआईबिटि ग्लोबल अष्ट्रेलियामा भोकेसनल पढाइ हुने उत्कृष्ट शैक्षिक संस्था मध्ये पर्छ । एआईबिटि ग्लोबलले आफूसंग सहकार्य गर्ने एजुकेशन कन्सल्टेन्सी मध्ये उत्कृष्टलाई हरेक वर्ष अवार्ड प्रदान गर्दै आएको छ ।

अवार्ड प्रदान गर्दा एआईबिटिले बिजनेस पार्टनर र नयाँ अर्थात उदाउँदो बिजनेस पार्टनर गरी दुई विधामा अवार्ड प्रदान गर्ने गर्छ।ग्लोबल मार्कका निर्देशक अरुण चित्रकारले मनोनयनमा पर्नु नै आफूहरुका लागि खुसीको कुरा रहेको र अवार्ड पाउँदा थप ऊर्जा मिलेको बताउँनु भयो ।

ग्लोबल मार्कका निर्देशक प्रदीप पोखरेलले विद्यार्थीहरुको साथ र विश्वासले नै ग्लोबल मार्कले छोटो समयमा आफ्नो परिचय बनाउन सफल भएको उल्लेख गर्दै यो अवार्डले आफ्नो टिमलाई थप जिम्मेवारीको महसुस गराएको बताउनुभयो ।


प्रकाशित | २० जेष्ठ २०७८, बिहीबार ०८:५५