ट्याक्सी र निजीबाहेकका सवारीमा जोर बिजोर हटाउन सिफारिस

काठमाडौं –  कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीबाट जोर–बिजोर हटाउन सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको सीसीएमसी बैठकले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो ।

सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम बढेको भन्दै जोरबिजोर प्रणाली हटाउने निर्णय भएको हो । यसअघि सर्वसाधारण तथा ब्यवसायीबाट समेत जोर बिजोर प्रणाली हटाउन चौर्तफी दबाब पर्दै आएको थियो ।


प्रकाशित | १४ माघ २०७८, शुक्रबार १८:४७