वीर अस्पतालको बिजोग

काठमाडौं : वीर अस्पतालको विभिन्न उपकरण बिग्रँदा दिनहुँ बिरामीले सास्ती खेपिरहेका छन् । उपकरण बिग्रने र मर्मत नगर्ने समस्याले बिरामीले रिफर भएर उपचार गर्नु पर्ने बाध्यता छ । जम्मा २० बेडको आईसीयू कक्षमा अहिले ६ भेन्टिलेटर बिग्रिएका छन् । अस्पतालमा दैनिक १० नयाँ बिरामी आईसीयू चाहिने खालका आउँछन् । अस्पतालको आईसीयू नपाउँदा उनीहरु निजीमा महँगो शुल्क तिरेर भर्ना हुन बाध्य छन् ।

वीरमा ३ हजार रुपैयाँमा पाइने आईसीयू बाहिर चार गुणा बढी छ । भेन्टिलेटर बिग्रिएको एक वर्ष बितिसक्दा पनि मर्मत भएको छैन । एक वर्षदेखि उपकरण बिग्रिएकै कारण नाक, कान घाँटी विभाग पनि प्रभावित छ । यो समाचार कान्तिपुरमा फातिमा बानुले लेखेकी छन् ।


प्रकाशित | २१ बैशाख २०७६, शनिबार ०९:५२