संविधान दुई जनाको गोप्य डायरी होइन: संविधानविद् भीमार्जुन आचार्य

काठमाडौँ । वरिष्ठ अधिवक्ता तथा संविधानविद् डा। भीमार्जुन आचार्यले संविधान दुई जनाको गोप्य डायरी नभएको बताउनु भएको छ । संचारमाध्यमसँग कुराकानी गर्दै अधिवक्ता आचार्यले संविधानमाथिको सत प्रतिशत आक्रमण रहेको बताउँदै अराजकताको पराकाष्ट भएको बताउनु भयो । विश्वासको मत लिनु पर्ने प्रधानमन्त्रीले फेरि पनि संसदलाई छलेर राष्ट्रपतिलाई तत्काल सरकार गठनको आह्वान गर्न लगाउनु गैरसंवैधानिक काम भएको पनि उहाँले बताउनुभयो ।

सामाजिक सञ्जालमा उहाँले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आब्हान् गर्न सक्ने संवैधानिक ब्यवस्था नभएको बताउनुभयो । उहाँले राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभए सम्म अर्को सरकार गठनको सिफारिश हुनै नसक्ने बताउँदै प्रधानमन्त्रीको नियत नै संसद् विघटन गर्न खोजेको देखिएको बताउनुभएको हो ।


प्रकाशित | ६ जेष्ठ २०७८, बिहीबार २१:४७