नगरबासीलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउन कागेश्वरी मनोहराका मेयर कार्कीको सक्रियता

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की हरेक घरधुरीमा शुद्ध खानेपानी पुर्याउने प्रतिबद्धता पूरा गर्न सक्रियतापूर्वक लागिपर्नु भएको छ । मेयरमा निर्वाचीत भएर आएपछि कार्कीले प्रतिबद्धताअनुसारको कार्य अगाडि बढाइरहनु भएको छ ।

मेयर कार्कीले निर्वाचीत भएर आएपछि विकासको प्राथमीकतालाई निर्धारण गर्दै शूरुमा खानेपानी सबैभन्दा ठूलो समस्या पहिचान गरेर खानेपानी ऐन र सरसफाई ऐन निर्माण गरि खानेपानी बोर्डको स्थापना गर्न सफल हुनु भयो । त्यसपछि भएका समस्या पहिचान गरि समाधानका लागि के गर्न सकिन्छ भनेर सम्भाब्यता अध्ययन भयो । जस अन्र्तगत एडिबीका साना लगानी र साना सहरी आयोजना गरि करिब डेढ अर्वको खानेपानी आयोजना सञ्चालन गरि हरेक घरधुरीमा शुद्ध खानेपानी पुर्याउने प्रतिबद्धता अनुसार अगाडि बढ्नु भएको हो ।

बुधबार मात्र मेयर कार्कीले कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं ५ थली (आलेडाँडा) मा वृहत्त खानेपानी आयोजनाको शिलान्यास गर्नु भएको छ । करिब ६० करोड लागतमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि डांछी भद्रबास बृहत्त खानेपानी आयोजनाको शिलान्यास गर्नु भएको हो ।

मेयर कार्कीले आयोजना कार्यान्वयनसँगै अबको ३० वर्षसम्म जनसंख्या थपिदा पनि खानेपानीको विस्तार गर्ने क्षमतामा पुग्ने बताउनुभयो । खानेपानीको समस्याले महिला दिदी बहिनीहरु बढी मारमा पर्ने बताउँदै आयोजनाबाट महिला दिदी बहिनीहरु बढी लाभान्वित हुने विश्वास ब्यक्त गर्नुभयो ।

मेयर कार्कीले यो आयोजना नभई हाईटेक, डिजीटल प्रणालीबाट सञ्चालीत खानेपानी आयोजना भएको बताउनुभयो । उहाँले स्थानीय, उपभोक्ता समिति, नगरका जनप्रतिनिधिदेखि सबैको आम सहमतिमा आयोजना अगाडि बढाउन पाएकोमा खुसी समेत ब्यक्त गर्नुभयो ।

आयोजना सबैको ध्यान पुग्ने ठाउँमा रहेको बताउँदै मेयर कार्कीले आयोजनालाई नमूनायोग्य देखाउन सबै लाग्नुपर्ने बताउनुभयो । आयोजनाको निर्माण ब्यवसायीले यसअघि पनि यस्ता आयोजना समयमै सम्पन्न गरेको लामो अनुभव भएकाले समय अगावै निर्माण सम्पन्न हुने बताउनुभयो ।


प्रकाशित | ९ चैत्र २०७९, बिहीबार २०:२०