बर्नमाउथको पोस्टमा लिभरपुलको ९ गोल

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुलले नयाँ सिजनमा पहिलो जित निकाल्ने क्रममा बर्नमाउथमाथि ९–० को फराकिलो जित निकालेको छ । फरवार्ड रोबर्टो फिर्मिनो चम्कदा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको हो ।

एनफिल्डमा गोलको वर्षा भएको खेलमा लिभरपुलको फराकिलो जितमा रोबर्टो फिर्मिनो र लुइस डियाजले समान दुई गोल गर्दा हार्भे इलिओट, ट्रेन्ट एलेक्सान्डर आर्नोल्ड, भर्जिल भान डाइक फावियो कार्भाल्होले समान एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

प्रिमियर लिगमा लिभरपुलको यो पहिलो जित हो । यसअघि लिभरपुलले दुई बराबरी खेल्दा एकमा हार बेहोरेको थियो । यो फराकिलो जितसँगै लिभरपुलको ४ खेलबाट ५ अंक पुगेको छ ।


प्रकाशित | ११ भाद्र २०७९, शनिबार २१:५२