सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न एक कार्यदल गठन गरेको छ ।

सात सदस्यीय कार्यदलको नेतृत्व आयोगका सूचना प्रविधि शाखाका प्रमुखले गर्नुहुनेछ । चार जना विज्ञ, नेपाल प्रहरीको साइबर ब्युरोको एक जना प्रतिनिधि र आयोगको सूचना प्रविधि शाखाका एक जना इन्जिनियर गरी कार्यदलमा सात जना रहने छन् ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आचारसंहिता लागू भएको मितिदेखि निर्वाचनको अन्तिम मत परिणाम आउँदासम्म कार्यदल सक्रिय रहनेछ  । कार्यदललाई सामाजिक सञ्जालमा मतदाता शिक्षा सञ्चालन गर्ने, अनुुगमन गर्ने, कारबाहीका लागि सिफारिस गर्ने अधिकार दिइएको छ ।


प्रकाशित | २८ चैत्र २०७८, सोमबार ०८:२२