हावाहुरी प्रभावीतलाई एनआरएनए नाइजेरियाको १ लाख ३१ हजार सहयोग

नाइजेरिया: गैर आवासीय नेपाली संघ नाइजेरियाले बारा पर्साका आधी पीडितलाई राहत सहयोगस्वरुप १ लाख ३१ हजार सहयोग उपलब्ध गराएको छ । एनआरएन नाइजेरियाले आज एनआरएनए केन्द्रीय कार्यालयको खातामा सो रकम पठाएको हो ।

एनआरएन नाइजेरियाले राहत संकलन सहयोगमा सहयोग गर्नुप्रति धन्यवाद ब्यक्त गरेको छ । राहत संकलनमा चिरञ्जीवी रोका, मन थापा, संजय थापा, भरत रिजाल, अन्जु पौडेल, बिदुर घिमिरे, किर्ती अग्रवाल भाङ्गर, अभिषेक मान सिंह, सागर श्रेष्ठ, रुद्र दर्लामी मगर, सोमेश अर्याल, भरत रिजाल, बिरेन्द्र गुप्ता , ज्ञानेन्द्र गुप्ता, सुशील गिरी, सुरज गिरी, निरु पौडेल, बिनोद गुरुङ, मदन बोहरा, राजकुमार , टोपबहादुर गुरुङ, राजु धिताल, भिम थापा, प्रकाश अर्याल, सुकमल सरकार, राजु थापा र रमेश गुप्ता रहनु भएको एनआरएनए नाइजेरियाका अध्यक्ष बिश्वास पौडेल र कोषाध्यक्ष रोहित भाङ्गरले जानकारी दिनुभयो ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार १७:३९