आठ रात नौ दिनसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सुरु

भक्तपुर: भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आज आइतबारदेखि सुरु हुँदैछ । भक्तपुरको पाँंचतल्ले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथलाई तानेर जात्रा सुरु हुनेछ । रथलाई सोमबार साँंझ तान्न सुरु गरेसँंगै आठ रात नौ दिन लामो भक्तपुरको बिस्केट जात्रा सुरु हुनेछ ।

भक्तपुर नगरको मध्य भागमा रहेको मानिने पाँचतल्ले मन्दिरको माथिल्लो टोल र तल्लो टोल गरी दुवैतिर डोरीको माध्यमले रथलाई तानतान गरिन्छ । करिब ३५ फिट अग्लो तीनतल्ले प्यागोडा शैलीमा काठैकाठबाट निर्माण गरिएको रथलाई सयौं युवाले तान्ने प्रचलन छ ।

पहिलो दिन भैरवनाथको रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । एकातिर ६ वटा र अर्कोतिर चारवटा मोटो डोरी राखेर युवाले रथ तान्ने चलन छ ।

बिस्केट जात्राको मुख्य आकर्षण भैरवनाथको रथ तानातान हो । प्रत्येक वर्ष नयाँं वर्षको चार दिन अगाडि भैरवनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते त्यही रथ तानेर जात्राको अन्त हुन्छ । यसबाहेक जात्राको मुख्य आकर्षण लिंगो उठाउनु र ढाल्नु पनि हो । वर्षको अन्तिम दिन उठाउने लिंगो वर्षको पहिलो दिन वैशाख १ गते ढाल्ने गरिन्छ ।


प्रकाशित | २७ चैत्र २०७८, आईतवार ०९:५१