यस्तो छ पहिलो चरणमा खुल्ने सेवा तथा कार्यहरु (सूचीसहित)

काठमाडौं: सरकारले आजदेखि पसलहरू खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर बिजोरका आधारमा चलाउन दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सवारी साधनको पछाडिको अंक जोर भएकाले जोर गते र विजोर गतेका दिन चलाउन पाउने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार ३ चरणमा लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । जसअनुसार पहिलो चरण आजबाट २१ दिन लागू हुनेछ । त्यसको स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण कार्यान्वयन गरिनेछ । त्यसपछि तेस्रो चरण पनि थप १५ दिन लागू हुनेछ । यससम्बन्धी पूर्ण निर्णय भने औपचारिक जानकारी बिहीबार पत्रकार सम्मेलनमार्फत् दिइनेछ ।पहिलो चरणमा आजबाट खुल्ने सेवा तथा कार्य :-

१) स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत

२) औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी

३) पेट्रोलियम पदार्थको ढुवानी र बिक्रीवितरण

४) फोहोरमैला व्यवस्थापन

५) विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा

६) बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा

७) सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

८) कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य

९) उत्पादनशील उद्योग

१०) निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय

११) विकास आयोजना (निजी क्षेत्रबाट प्रवर्द्धितसमेत)

१२) निर्माण कार्य (निजीसमेत)

१३) नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण

१४) रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा

१५) क्वारेन्टिनका लागि तोकिएका होटल

१६) बिजुलीका सामान बिक्री र मर्मत

१७) विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप

१८) पुस्तक पसल तथा स्टेसनरी

१९) सबै प्रकारका ढुवानी सेवा

२०) अत्यावश्यक सेवाका कार्यालय

२१) अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (सामान्यतया ५० प्रतिशत कर्मचारी रहने गरी)


प्रकाशित | २९ जेष्ठ २०७७, बिहीबार ०७:२८