एनआरएनए बेल्जियम घटनामा संलग्नलाई साधारण सदस्य समेत नरहने गरि कारवाही हुने

बेल्जियम- गैर आवासीय नेपाली संघ (एनआरएनए आइसिसी) अन्तराष्ट्रिय समन्वय परिषदले एनसिसी बेल्जियमको घटनामा संलग्न जोकोहीलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने भएको छ । आइसिसीले एक विज्ञप्ति जारी गदै घटनामा संलग्न जोकोहीलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने जनाएको हो । 

संघको आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत आन्त्र्वोपेन क्षेत्रमा विदेशी मूलका मानिसहरु हलभित्र प्रवेश गरी बुथ कब्जा गर्ने प्रयास भएको थियो । वुथ कव्जा गर्ने क्रममा आक्रमणमा परि पूर्व उपाध्यक्ष शारदा अर्याल, साधारण सदस्य मुना केसी, निर्वाचनमा कोषाध्यक्षको उमेदवार रहनु भएका पुष्प नेपाल (लोकन्द्र) घाइते हुनु भएको थियो भने निर्वाचन आयुक्त माथि समेत कुटपिट भएको थियो ।

सो घटनाको आइसिसीले कडा शब्दमा निन्दा गरेको हो । आइसिसी प्रवक्ता डिवि क्षेत्रीले  विज्ञप्ति निकाल्दै घटनाप्रति गम्भिर ध्यानर्कषण भएको बताउनु भयो ।

‘यो घटनामा संलग्नहरुलाई कानुनको दाहेरामा ल्याउने प्रकृया अगाडि बढिसकेको छ र सो घटनामा संलग्न ब्यक्तिहरुको पहिचान भए निजलाई पञ्जीकृत सदस्यता समेत नहरने गरि कारवाही गर्ने प्रतिबता जनाउन चाहान्छौ’, विज्ञप्तिमा भनीएको छ ।

त्यस्तै, यसअघि नै सो घटनाको घोर निन्दा गर्दै अमानवीय घटनाप्रति ध्यानाकर्षण भएको निर्वाचन समितिले जनाएको छ । साथै उक्त घटनालाई कानूनी रुपमा नै अगाडि बढाउने तथा आक्रमणकारीहरुको पहिचान र उक्त घोर निन्दनीय घटनालाई संचालन गर्ने श्रोतसम्म पहिचान गरी कानुनी उपचारतर्फ जाने जनाइएको छ ।

निर्वाचन समितिले उक्त आक्रमणकारीहरुको पहिचान खोजी गर्न बेल्जियमको प्रहरी प्रशासन समक्ष उक्त घटनाको तथ्य प्रमाण र भिडियो फुेटजहरु बुझाइ सकिएको समेत जनाएको छ । साथै प्रहरी प्रशासनको प्रारम्भिक अनुसन्धानमै आक्रमणकारीहरुको पहिचान खुलिसकेको र स्रोत संचालक खोजीको लागि प्रहरी प्रशासनले थप समय मागेको पनि जनाइएको छ ।

प्रेस विज्ञप्ति

२५ जुलाई २०२१ का दिन गैरआवासीय नेपाली संघ, बेल्जियमको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको निर्वाचनमा बेल्जियमस्थित ७ वटैं निर्वाचन क्षेत्रहरुहरुमा निर्धारित समय विहान ९:०० वजेदेखि दिउँसो ५:०० वजेसम्म भौतिक रुपमा उपस्थित भएर निर्वाचन भईरहेको थियो । तर अकस्मात आन्त्र्वोपेन क्षेत्रमा लगभग ४:४५ वजे विदेशी मूलका मानिसहरु हलभित्र प्रवेश गरी मतपेटिका तानेर त्यसलाई फुटाल्दै भूईँमा छरपष्ट पार्दै मत पेटिका कव्जा गर्ने प्रयास गरे । त्यसको प्रतिकार गरी मतपेटिकालाई जोगाउनको लागि निर्वाचन स्थलमा उपस्थित गैरआवासीय नेपाली सदस्यहरु प्रतिकार गर्न जाँदा उहाँहरु माथि सांघातिक आक्रमण गरी घाईते समेत बनाईयो ।

वुथ कव्जाको शिलसिलामा आक्रमणकारी व्यक्तिहरुले तरल पदार्थ मतपेटिकामा खनाई पूर्व उपाध्यक्ष शारदा अर्याल, साधारण सदस्य मुना के.सीं, यस निर्वाचनमा कोषाध्यक्षको उमेदवार रहनु भएका पुष्प नेपाल माथि सांघातिक आक्रमण गरी घाईते बनाए । आक्रमणकारीलाई सम्झाउन जाँदा यस निर्वाचनका निर्वाचन आयुक्त लाई समेत आक्रमण गरी कुटपिट गरिएको थियो ।

मतपेटिका कव्जा गर्न खोजेता पनि त्यहाँ उपस्थित सचेत एनआरएनएका सदस्यहरुले त्यसको प्रतिकार गर्दै आन्त्र्वोपेन क्षेत्रको सवै मतपत्रहरु सुरक्षित राख्दै पुन अर्को मतपेटीकाको व्यवस्था गरी सुरक्षित राखिएको जानकारी प्राप्त भएको छ ।

यस निन्दनीय घटना प्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ । यो घटनामा संलग्नहरुलाई कानुनको दाहेरामा ल्याउने प्रकृया अगाडि बढि सकेको छ । यस घटनामा संलग्न ब्यक्तीहरु पहिचान भए पश्चात निजहरुलाई पञ्जिकृत सदस्यता नरहने गरी कार्वाही गर्ने संघको प्रतिवद्दता रहेको जानाकारी गराउदछौं ।

यस घटनाले गैरआवासीय नेपाली संघको पहिचान र छवी धमिल्याउने प्रयास भएको छ । विश्वमा रहेका सबै नेपालीहरु यस घटनाबाट मर्माहित भएका छन् । संघको संजलालाई खलबल्याउने काम भएकोमा सबै गैरआवासीय नेपालीहरु एकजुट भई यस प्रकारको घटनाको प्रतिकार गर्न आह्वान गर्दछौ र भविष्यमा यस प्रकारको घटना नदोहोर्याउनको लागि सबैलाई सचेत गर्न चाहन्छौ ।

डिबि क्षेत्री

प्रवक्ता

२६ जुलाई २०२१


प्रकाशित | ११ श्रावण २०७८, सोमबार २१:०५