सरकारद्धारा २० देशमा राजदूत सिफारिस, कुन देशमा को ?

काठमाडौं : सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको हो ।

सिफारिस गरिएकामा चीनका लागि विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि बासुदेव मिश्र, रसियाका लागि मिलन तुलाधर, अष्ट्रेलियाका लागि कैलाश पोखरेल, मलेसियाका लागि डिल्लीराज पौडेल, इजरायलका लागि शान्ता रिजाल रहनु भएको छ ।

त्यस्तै दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, डेनमार्कका लागि प्रा.डा. रामसोगरथ राय यादव, साउदी अरेबियाका लागि नवराज सुवेदी राजदूत सिफारिस हुनु भएको छ ।

त्यस्तै, परराष्ट्र कर्मचारीबाट सहसचिव दुर्गाबहादुर सुबेदी (दुबसु) जापानका लागि राजदूतमा सिफारिस हुनु भएको छ । अन्य कर्मचारीहरु घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले पनि राजदूतमा सिफारिस हुनु भएको छ । तर कुन देशमा नियुक्त गरिएको भन्ने खुलाइएको छैन ।


प्रकाशित | २४ चैत्र २०७८, बिहीबार २१:१९