नेपालमा थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १६ हजार ८६३ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा २ हजार ६६८ कोरोना संत्रमणमुक्त भएका छन । योसँगै हालसम्म १ लाख ५ हजार ४८८ जना निको भएका छन्।

Image may contain: text that says 'गत २४ घन्टामा कोभिड-१९ का नयाँ संक्कमितहरुको विवरण २००० १५०० १০०० जम्मा ४४९९ महिला: १६९० पुरुष: २६०९ ५०० EBE प्रदेश प्रदेश ४5૦ ११७ बागमती ३२२५ गण्डकी ૧૪૦ लुम्विनी ४२5 कर्णाली सुदुरपस्चिम २२ ७ प्रदेश अनुसार कोभीड-१९ का सक्िय संक्रमित, डिस्चार्ज र मृत्युको विवरण १५,९७४ ७२९२ १२७० प्रदेश प्रदेश बागमती प्रदेश सक्रिय संक्मित गण्डकी प्रदेश निको भएको लुम्विनी प्रदेश मृत्यु कर्णाली प्रदेश सुदुरपस्चिम प्रदेश नागरिकको मत्य समावेश रिएको'

आज देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८२९ पुगेको छ।

No photo description available.

No photo description available.

प्रकाशित | ७ कार्तिक २०७७, शुक्रबार १६:३२