एनआरएनए अफ्रिका आपतकालीन राहत कोषबाट मृतकका परिवारलाई एक /एक लाख सहयोग

युगान्डा : गैर आवासीय नेपाली संघको अफ्रिका क्षेत्रीय राहत कोषले कोरोनाका संक्रमण परि अफ्रिकामा मृत्यु हुने युगान्डाका यजेन्द्र प्रताप सेन ठकुरी र दक्षिण अफ्रिकाका नियालसन बखिम लिम्बुका परिवारलाई कोषको तर्फबाट एक एक /लाख सहयोग गर्ने निर्णय गरेको छ ।

उक्त सहयोग मध्य पचास हजार कोषको खाताबाट र पचास हजार संघका अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले ब्यक्तिगत रुपमा कोष मार्फत सहयोग गर्नु हुनेछ ।

एनआरएनए अफ्रिका राहत कोषका संयोजक हिक्मत थापाले अफ्रिकाका नेपालीहरुको आपतकालीन सहयोगका लागि यहिका नेपाली बाट स्थापित कोषले तत्काल परिवारलाई सानो भए पनि सहयोग पुर्याउने निर्णय गरेको जानकारी गराउनुभयो ।

यसको लागि एनआरएनएका अफ्रिका संयोजक रोशन थापा लगायत सबै सदस्यहरुलाइ धन्यवाद ब्यक्त गर्नु भएको छ ।


प्रकाशित | ७ आश्विन २०७७, बुधबार ११:३२