कागेश्वरी मनहरा मेयरमा कृष्ण हरिको दोहोरिने सम्भावना न्यून, यी हुन् सम्भावीत उम्मेदवार

काठमाडौ : माधब कुमार नेपालको क्षेत्र काठमाडौं दुई अन्तर्गत रहेको कागेस्वरी मनहारा नगरपालिकामा मेयर कृष्ण हरि थापाले चुनाव अगाडि नै आफ्ना नजिकका मान्छेलाई सामाजिक संजाल मार्फत भोट माग्ने र प्रचार गर्ने कार्यलाई तिब्रता दिएका छन । तर उनका पतीस्पर्धीहरु गठबन्धनमा जाने अवस्थामा अहिले सम्म कस्ले पाउने टुङ्गो नलाग्दै मेयर थापाले यसरी प्रचारमा लाग्नु गलत भएको भन्दै रुष्ट बनेका छन ।

एकीकृत समाजबादीमा उम्मेदवार बन्न क्षेत्रका संयोजक रुद्र चापागाईं ,स्वस्थ्य मन्त्रीका बिज्ञ सल्लाहकार डा.रमेश ढकाल, नगर अध्यक्ष राजन थापा र समाजबादीको जिल्ला कार्यालय सचीव युवा नेता लेखराज पौडेल समेतले चाहाना ब्यक्त गरेका छन ।

प्रतिस्पर्धामा सहभागी एक नेताले मेयर थापाले काम जति एमालेको गर्ने गरेको, टिकट समाजबादीबाट लिन खोजेको र भर्खरै नगर भरिका विद्यालय ब्यस्थापन समिती गठन गर्दा एमालेका नेता बिदुर ढुङ्गाना, लेखनाथ पुडासैनी र गणेश राज अधिकारीलाई सहयोग गरेको आरोप लगाएका छन् ।

मेयर थापाले कागेश्वरीमा भएका जति पनि बिकास निर्माण आफै उद्घाटन गर्दै हिडेको र माधब नेपाललाई यो क्षेत्रका त्यस्ता कार्यक्रममा कहिले पनि नबोलाउने गरेको पनि गुनासो गरेका छन । साथै माधब नेपाल जनताको दु:ख-सुखमा आफै जनताको घर घर जाने बाताबरण बनाउने र असहयोग गर्ने तर टिकट माधब नेपालले फेरि दिलाई दिनु पर्ने भन्दै प्रश्न समेत गरेका छन् ।

त्यस्तै गठबन्धन दलहरुमा पनि मनोमानी ढङ्गले निर्णय गर्दै गएको र स्वघोषणा गरेकोमा असन्तुष्ट  छन्  भने महेश्वर फुयालले त सामाजिक संजालमै कमेन्ट गरेका छन ।


प्रकाशित | २१ चैत्र २०७८, सोमबार १८:३६