अस्ट्रेलियाले युक्रेनमा ५ करोड डलर बराबरको हतियार पठाउने

अस्ट्रेलियाले युक्रेनलाई ५ करोड डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले उक्त रकम घातक तथा गैर घातक सहायतामा जाने बताउनु भयो ।

‘‘हामीले गोलिगठ्ठा, क्षेप्यास्त्रको कुरा गरिरहेका छौँ, हामीले उनीहरूको आफ्नै मातृभूमि युक्रेनको रक्षाका लागि सहयोग गर्ने कुरा गरिरहेका छौँ,’’ उहाँले भन्नु भयो ।

तर ‘‘रुसलाई त्यसबारे पूर्व सूचना’’ आफूले दिन नचाहेको बताउँदै उनले सहयोग विस्तृत विवरण दिन अस्वीकार गर्नु भयो ।

मोरिसनले उहाँको सरकारले मानवीय सहायताका लागि युक्रेनलाई थप ३ करोड ५० लाख अस्ट्रेलियाली डलर बराबरको सहायता उपलब्ध गराउने पनि बताउनु भयो । बीबीसी


प्रकाशित | १७ फाल्गुन २०७८, मंगलवार १४:११