बागलुङमा जिप दुर्घटना: १४ जनाको मृत्यु

बागलुङ: बागलुङको भीमगिठेमा जिप दुर्घटना हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । गुल्मीबाट कुलपूजाका लागि बागलुङको निसिखोला जादैँ गरेको ग १ ज ५२१९ नम्बरको जिप बडीगाड गाउँपालिका ७ भीमगिठेबाट बडीगाड खोलामा खसेको थियो ।

दुर्घटनामा १४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृत्यु हुनेमा ९ महिला, ४ पुरुष र एक बालक छन् ।दुर्घटनामा ३ जना घाइते भएका छन् । ज्यान गुमाउने अधिकांस एकै परिवारका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टकाअनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जिप दुर्घटना भएको हो ।

घाइते तीन जना मध्ये दुईको अवस्था गम्भीर छ । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भैरहेको छ । वेपत्ता एक जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित | १७ मंसिर २०७६, मंगलवार १२:२५